एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक
काठमाडाैं | असार १४, २०८२
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । शक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छ ।
एसइईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार आठ सय ९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार एक सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार तीन सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार एक सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार चार सय ७९, २ देखि २.४ सम्म ल्याउने चार हजार एक सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले एक सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको बताउनुभयो । वर्गीकृत परीक्षार्थीको सङ्ख्या भने एक लाख ६७ हजार पाँच सय ९७ रहेको छ ।
यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

